४ जेठ, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिरुद्दमा लागेको सहकारी ठगी प्रकरणमा संसद्ले अवरोध गरिरहेको बिषयलाई लिएर सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच बालुवाटारमा छलफल सुरु भएको छ ।
बालुवाटारमा सुरु भएको छलफलमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी रहेका छन् भने नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।