४ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औंल्याएका हुन् ।
उनले कार्यक्रममा बोल्दै गर्दा बताएका छन् ”देशमा राजनीतिक संकट छैन । राजनीतिक संकट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ । ती संकटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौँ । काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ, जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रुपान्तरण नै हो । त्यसका लागि हामी एकमत हुन आवश्यक छ ।”