बाग्मती

चितवन काठमाडौं सम्पर्क समितिको सभापतिमा मोहिनी आचार्य (शिव) नियुक्त

६ जेठ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल चितवन जिल्लाको सभापतिमा मोहिनि प्रसाद (शिव) आचार्य नियुक्त भएका छन् । आज समाजको नयाँबानेश्वरस्थीत केन्द्रीय कार्यालयमा अध्यक्ष बाबुराम आचार्यले उनलाई चितवनबाट काठमडौं आई बसोबास गर्ने आचार्यहरुलाई जोड्न सभापतिको जिम्मेवारी दिएका हुन् ।
चितवन जिल्ला सभापति शंकर प्रसाद आचार्यसहितको उपस्थितिमा तीनमहिनाभित्र अधिवेशन सम्पन्न गर्नेगरी मोहिनि प्रसाद (शिब) आचार्य उक्त जिम्मेवारी समाजको केन्द्रीय कार्यालयले दिएको हो ।
नियुक्तीपछि आफुलाई केन्द्र र चितवन जिल्लाले गरेको बिश्वासलाई समाजको मर्म र भावना अनुसार राम्रोसंग जिम्मेवारी निर्वाह गरेर देखाउने प्रतिबद्धता मोहिनि प्रसाद (शिब) आचार्यले गरेका छन् । समाजले संगठन बिस्तारका कार्यक्रमहरु तीब्र गतिमा अगाडी बढाईरहेको छ ।