७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले १६ बर्ष अगाडी सर्बोच्च अदालतले गरेको फैसलाका बिरुद्धमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदको अबहेलनामा कारबाही गर्न माग गर्दै सभामुखसमक्ष निबेदन दिएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका उपसभापति गुरुङले २०६४ साल असोज २४ गते कुटनीतिक राहदानीका बिाषयमा फैसला गरिसकेको भएपनि ६ जेठको संसद बैठकमा बोल्दा गृहमन्त्रीले कानूनबिपरीत, साँसदको आचरणबिपरीत बोलेकाले उनलाई प्रतिनिधि सभा नियमावलीको नियम ११९ अन्तर्गत आचरण अनुसार प्रश्तुत नभएकाले कारबाही गर्न माग गरेका छन् ।
