७ जेठ, काठमाडौँ। नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले तपाई जस्तो नेपाली नागरिकता छाडेर म अमेरिका भाग्दिन भनेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा घडीको बिषय उठाएपछि आक्रोशित हुँदै तपाईं मन्त्री हुनुहुन्छ, मेरो संलग्नता पुष्टि गर्नु होस,
म सजाय भोग्न तयार छु भन्दै उक्त आक्रोश पोखेका हुन् ।
उनको ट्वीटः
हिजो सदनमा बोल्ने क्रममा मेरो नाम नलिई एउटा घडीको बारेमा गृहमन्त्री रबि लामिछाने बोल्नु भयो
तपाईंको अभिव्यक्ति बिचलित मानसिकताको
अभिव्यक्ति थियो ।
तपाईं मन्त्री हुनुहुन्छ ,
मेरो संलग्नता पुष्टि गर्नु होस,
म सजाय भोग्न तयार छु
तपाई जस्तो नेपाली नागरिकता छाडेर म अमेरिका भाग्दिन।
