समाचार

हत्या, चोरी, डकैती संलग्न भएको आरोपमा ७२ बर्षिया गिरी पक्राउ

७ जेठ, बिरगञ्ज । नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रहेको प्रेम गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।


हाल सखुवा प्रसौनी गा पा वडा नं ७ महुवन बलुवा बस्ने ७२ वर्ष को प्रेम गिरीलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजिकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत ५२ वर्षको मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको आरोपमा ज्यान मुद्दामा परेका प्रेम गिरीलाई पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरीले बताएको छ ।


४ जेठ २०५६ मा जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा समेत उनी फरार थिए । मैनालीको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर थप जाँच भइरहेको प्रहरी बताएकाे छ। उनी २५ वर्ष देखि प्रहरीको खोजी सूचीमा थिए । गिरिमाथी अन्य धेरै मुद्धाहरु पनि छन् ।