समाचार

विकल पौडेलविरुद्ध अख्तियारले दायर गर्यो चौथो भ्रष्टाचार मुद्दा

९ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध चौथो पटक भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
पौडेलविरुद्ध अख्तियारले करिब एक अर्ब २५ करोड रुपैयाँ विगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मंगलबार विशेष अदालतले पौडेललाई सुरक्षण मुद्रण प्रकरणमा दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको थियो।