समाचार

सहकारी पीडितद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

९ जेठ, काठमाडौँ । सरकारले आफूहरूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले कुनै पनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो।

महासंघका अध्यक्ष कुशलव केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए। जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने र रिले अनशन सुरु गर्ने उनले बताए।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्तरूपमा अगाडि बढ्ने उनको भनाइ छ। उनले आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरे पनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको आरोप लगाए।

उनीहरूले सहकारी पीडितहरूले न्याय नपाए न्याय नपाए देशभरका सहकारी पीडितहरूले चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन्।