समाचार

सिरोहिया पक्राउमा उद्योग वाणिज्य महासंघ सहितले जनायो आपत्ति

१० जेठ, काठमाडौँ । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको प्रति निजि क्षेत्रका ब्यबसायिकहरुको तिन वटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएका छन् ।

बिहीबार संयुक्त बिज्ञप्ति जारी गर्दै तिनै वटा संगठनले कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा स्पष्ट भएको रहेको तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने उल्लेख गरेका छन् ।