समाचार

तरुण दलको राँके जुलुस, गृहमन्त्रीको राजिनामा माग

१० जेठ, काठमाडौँ । सहकारी ठगीमा आरोप लागेका उपप्रधान तथा गृहमन्त्री बिरुद्द सत्ता र शक्तिको प्रयोग गरेको भन्दै तरुण दलले राँके जुलुस निकालेको छ ।

बिहिबार तरुण दलले राँके जुलुस निकाल्दै तत्कालै लामिछाने माथि छानबिन गर्न र राजिनामा दिएर अनुसन्धान अगाडि बढाउन माग गरेका छन् । काठमाडौँ कोटेश्वर बाट निकालिएको राँके जुलुस अध्यक्ष विद्धान गुरुङले सुरुवात गरेका थिए । सो जुलुसमा नालायक गृहमन्त्री राजीनामा दे, जीबी राई कहाँ छ ? , कैलाश सिरोहियालाई रिहा गर, प्रेस स्वतन्त्रता जिन्दावाद भन्दै नारा लगाएका थिए ।