समाचार

संसदीय समितिको कार्यादेश टीओआर टुङ्ग्याउन कार्यदलको बैठक सुरु

१२ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरण छानविनका लागि बन्न लागेको संसदीय समितिको कार्यादेश टीओआर टुङ्ग्याउन कार्यदलको बैठक सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय समितिको माग गर्दै आएको थियो ।

संसदीय समितिको टीओआर टुङ्ग्याउन काननुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । मन्त्री गिरी संयोजक रहेको उक्त कार्यदलमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका नेता रमेश लेखक, रास्वपाका नेता शिशिर खनाल सदस्य छन् ।