समाचार

सहकारी ठगिको संसदीय छानबिन समितिको टुंगो जिम्मा शीर्ष नेतालाई

१२ जेठ, काठमाडौँ । संसदीय छानबिन समितिको कार्यदेश टिओआरका लागि गठित कार्यदलको बैठक सहमतिको नजिक पुगेको छ ।

शनिबार सिहंदरबारमा बसेको बैठक सहमतिको नजिक पुगेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिएका छन् । उनका अनुसार सहकारीको नाम र अपचलन गरिएका कम्पनिको नाम लेख्ने बिषयमा सत्ता पक्ष तयार भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि यसमा लगभग सहमत भएको उनको दाबी छ ।
‘कार्यदलको बैठक यसअघिका बैठकहरु भन्दा धेरै नै अघि बढेर सहमतिको नजिक पुगेका छौँ ।हामी टुंगोमा पुगिसकेका छैनौँ, उनले भने, संसदीय समिति गर्दा व्यक्तिको होइन, कम्पनीको नाम उल्लेख गर्ने विषयमा मोटामोटी सहमति जुटेको छ । हामी यसलाई शीर्ष नेताहरुको बैठकबाट टुंगोमा पुर्‍याउनेछौँ ।” मन्त्री गिरीले बताएका छन् ।