समाचार

भोलिसम्म सदन अवरोध खुलाउनको लागि सहमति हुने : प्रधानमन्त्री दाहाल

१३ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनको अवरोध भोलिसम्म खुल्ने विश्वास दिलाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
उनले भने,‘आज विहानमात्रै पनि मैले सभापति शेरबहादुर देउवासँग उहाँको घरमा पुगेरै पनि सहमतिको लागि प्रयास गरेको छु । आज र भोलिभित्रसम्म बजेट वक्तव्य पढ्ने बेलासम्म सहमतिमा पुग्नेछौं । किनकी हामी सहमतिको नजिक छौं । छानबिन समिति बनाउने कुरामा आपत्ति छैन् । सबैको सहमति भइनैसकेको छ । सबैले सहमतिको लागि लचकता अपनाउनुपर्छ । प्रधानमन्त्रीको हैसियतले म सहमतिको लागि लागिपरेको छु ।’