समाचार

संसदीय छानबिन समितिको टीओआरमा ४ बुँदे सहमति, प्रधानमन्त्रीले हेरेपछि सार्वजनिक हुने

१५ जेठ, काठमाडौँ । सहकारीको रहम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति जुटेको छ ।
कानून मन्त्रालयमा बसेको कार्यंदलको बैठकमा टीओआरमा सहमति जुटेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । कार्यदलका सदस्यहरूले ४ बुँदे सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।
उक्त सहमति भने प्रधानमन्त्रीलाई बुझाएपछि मात्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।