समाचार

आफ्नै दाईको हत्या गरेको अभियोगमा पक्राउ

१५ जेठ, नुवाकोट । आफ्नै दाई ७० वर्षीय खमसिङ तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरको अभियोगमा किस्पाङ गाउँपालिका ५ मानेगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिंह बहादुरले खुकुरी प्रहार गर्दा खमसिङको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।