समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ जेठ, पर्वत । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जलजला गाउँपालिका ४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका ४ घर भएका ३६ वर्षीय कुशल मल्ल रहेका छन् ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।