समाचार

सर्वोच्चको परमादेशपछि गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

१६ जेठ, काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
उनलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।
उनलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न भनेको थियो ।