१७ जेठ, काठमाडौँ । संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको छ ।
यसअघि संवैधानिक परिषद्ले कुनैपनि निर्णय गर्नुपर्दा कसरी गर्ने भन्नेमा विवाद रहँदै आएको थियो । जसमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा प्रधानमन्त्री र तत्काल बहाल रहेका कम्तिमा सदस्यको ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने उल्लेख छ ।
यसअघि सरकारले पनि सोही प्रस्ताव ल्याएको थियो । तर, तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अडान नत्यागेपछि सहमति हुन सकेको थिएन । आज भने एमालेले अडान त्यागेको समितिले जनाएको छ ।