विचार/ब्लग

भारतमा जन्मिए पनि म, नेपालमै बस्न रुचाउँछु

शान्ती सेठ्ठी / नमस्ते, म शान्ती सेठ्ठी । नढाँटी भन्नुपर्दा २१ वर्षकी भएँ । मेरो घर नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको टिकापुर भन्ने सुन्दर नगरीमा पर्दछ । म हाल काठमाडौं उपत्यकाको ललितपुर जिल्ला इमाडोलको खरिबोटमा बस्छु । भीम बहादुर सेठी र अमृता देवी सेठी की कान्छी छोरीको रुपमा भारतको चर्चित शहर मम्बैमा जन्मिएकी हुुँ । मेरो आमा बुबाबाट पाचँ जाना छोरा छोरी जन्मिएका भएपनि सबैभन्दमा जेठी दिदीको निधन भएपछि दुई छोरा र दुई छोरी छौं । मेरो परिवारका सदस्यमा केही टिकापुरमा नै बस्नुहुन्छ भने बुबासहित केही भारतमै हुनुहुन्छ ।

साहुहरुको व्यवहारको कारणले जागिर छोड्न बाध्य भएँ

मेरो परिवार धेरै ठुलो छ, हजुरामा, तीन परिवार ठूलाबा–ठूलीआमालगायत बिशाल परिवारमा मेरो बुवा कान्छो छोरा हो । कैलालीको अरनिको इङ्गलीस बोर्डीङ्ग स्कुलबाट मैले माध्यमिकतह अध्ययन गरेकी हुँ, साथै मेरो उच्च माध्यमिकतह पढाई खड्ग मेमोरियल स्कुलबाट अध्ययन भएको को हो । उच्च माध्यमिकतह परीक्षा पछि २०७८ साल नेपालको केन्द्रीय राजधानी काठमाण्डौ प्रवेश गरेकी थिएँ, पहिलो बसाई काठमाडौंको कलंकी रह्यो, कलंकी रवि भवनमा चिन जानको सुदूरपश्चिमकै दाई भाउजूसगं बस्ने गर्दथें साथै पहिलो जागिर सेल्समा काठमाडौंको कालीमाटीस्थीत एक कार्यालयबाट भयो । दाई भाउजू सङ्ग पनि एक पहिना मात्र रवि भवन बसेकी थिएँ । त्यसपछि काम गरिरहेको ठाउँ कालीमाटी सरेकी थिएँ ।

उक्त कार्यालयमा सेल्सको काम पनि तीन महिना गरेर साहुहरुको व्यवहारको कारणले गर्दा छोड्न बाध्य भएँ । त्यसपछि म केही महिनाका लागि कीर्तिपुर बस्न थालें, साथै ललीतपुरमा रहेको महालक्ष्मी स्थानमा रहेको नागबन्सी बचत तथा ऋण सहकारी सस्था कार्यलयमा एक वर्ष सम्म काम गर्दै गर्दा मेरो घर परिवारको समस्याको कारण गाउँ घर जान परेको थियो । मैले घर गएर स्नातक तह टीकापुर मल्टिपल क्याम्पसमा सुरुवात गर्दै साथै कम्प्युटर तालिम गरिरहेकी थिएँ, त्यहीँ समस्याको करण म फेरि पढाई र तलीम छोडी फेरि राजधानी आउन परेको हो, त्यसपछि काठमाडौंमा बसाई बौद्ध आरुवारी पनि रह्यो । लाइट अफिसमा र मार्केटिङ्ग जागिर गर्दै एक महिना आरुवारी बसोबास गरेँ, बसाइ र जागिर दुईटै छोडी खरिबोट इमाडोल बसाई सरेर म्यानपावर कार्यलयमा गरेकी थिएं । म्यानपावरको काम धेरै नै जटिल हुँदै, जागिरमा फरक–फरक स्थानमा जाने आउने गर्ने कारणले गर्दा उक्त जागिर पनि म हात धुंदै छाड्न बाध्य भएँ । काम गर्ने ठाँउमा अनुभव खोज्ने तर सिक्ने र अनुभव कमाउने ठाउँ नहुने काठ्माडौंमा म जस्ता नयाँका लागि धेरै नै समस्या भएको मेरो तीतो अनुभव रहेको छ । काम गर्न जान्ने भनेको अनुभवले हो, अनुभव कमाउन त काम गर्नैपर्यो नि होईन र ? काठ्माडौमा कोठाभाडा महँगो, ज्ञाँस, पानी तरकारी, चामल पनि किनिसक्नु छैन, मध्यम बर्गीय नेपाली राजधानी आएर बस्न निकै नै सोच्नुपर्ने अवस्थाको अनुभूती मलाई छोटो समयमा नै भयो ।

भविश्यको बारेमा कसलाई पो के थाहा हुन्छ र ?

मेहेनत अनुसारको तलव पनि नहुने र मेहेनत गरेर दिने भनेको तलव नि समयमा नपाउने समस्याले गर्दा हामीजस्ताको काठमाडौंको जीवन त्यति सहज नभएको मेरो अनुभव देखिएको छ। भारतमा जन्मिएर शिशु उमेर रहेपनि नेपालमा नै सबै स्कुले जीवन बिताएकी म, भारतमा भन्दा नेपालमै बस्न रुचाउँछु, नेपालमा नै स्नातक, स्नातकोत्तर अध्ययन गरी देशको नाम पनि राख्ने इच्छामा छु, तर जीवन चल्न नै नसकेको खण्डमा राट्रियताको कुरा गरेर के गर्नु ? पहिला भूडिभरी भात खानुपर्यो अनि पो राष्ट्रियता होईन त ? जस्तै काठमाण्डौको एक कुनामा भाडामा बस्दा फरक प्रकारको अनुभूती भईरहेको छ ।

मलाई नेपालको, अनि सुदूरपश्चिमको अनि परिवार र नेपालीको सेवा गर्ने धोको छ, अरुको सेवा गर्नुभन्दा अगाडी त आफ्नो जिवन त चलाउनुपर्यो नि ? यस्तै चलिरहेको छ मेरो जीवन, अहिले भने म बेरोजगार भएर बसिरहेकी नेपाली छोरीको रुपमा परिचय दिन चाहन्छु, जागीर नै खानुपर्यो भने अलि लामो समयका लागि कम्तीमा जीवन चल्नेगरी खानुपर्छ भन्ने सोच छ त्यो नभए गाउँ फर्किन मलाई समस्या छैन, आज नि, भोली नि वा पर्सि नि फर्किन सक्छु वा बुवा भारतमा भएकाले भारत नै रोजगारीका लागि जान पनि सक्छु, पहिलो प्रयास भने काठमाडौंमा नै बसेर केही गर्ने रहन्छ, त्यो हेरौं के हुन्छ । भबिश्यको बारेमा कसलाई पो थाहा हुन्छ र ? होईन ।