समाचार

सार्वजनिक जग्गाको व्यवस्थापन र विकास निर्माणमा सहकार्य सुनिश्चित गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता

१७ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सार्वजनिक जग्गाको व्यवस्थापन र विकास निर्माणमा सरकारी निकायहरुबीच सहकार्यको कानूनी व्यवस्था गर्नुपर्ने भन्दै संसद्‌मा दुई वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
उनले अतिक्रमण भएका ”सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य सहकार्यु गर्नु पर्ने सम्बन्धमा छुट्टा-छुट्टै दुई वटा प्रस्ताव दर्ता गराएका हुन् । दुई वटै प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरू प्रतिमा गौतम र सपना राज भण्डारीले समर्थन गरेका छन् ।
”सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन प्रस्तावुमा विश्वविद्यालय, मठ मन्दिर तथा अन्य विभिन्न क्षेत्रका बहुमूल्य जग्गा राजनीतिक पँहुच र आग्रह–पूर्वाग्रहका आधारमा, स्वार्थ समूहहरूसँग मिलेमतो गरी विभिन्न व्यक्ति, संघ संस्था तथा निजी कम्पनीलाई सस्तोमा तथा कतिपय निशुल्क भाडामा वा लिजमा दिइएको भन्दै शक्ति र पहुँचको दुरुपयोग गर्दै हुने सार्वजनिक जग्गाको अतिक्रमण रोक्न र विगतमा अतिक्रमित भएका सार्वजनिक जग्गालाई सरकारको मातहतमा ल्याउन प्रस्ताव गरिएको छ ।