समाचार

मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तीन दलबीच सहमति

१७ जेठ, काठमाडौँ । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।

नेकपा एमाले, माओवादी केन्द्र र जनमत पार्टीबीच उक्त सहमति भएको हो। उनीहरूबीच संयुक्त सरकार बनाएर मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको हो। नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद शाह र जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले सत्ता समीकरणमा लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि सहभागिता हुने दाबी गरेको छ।

मधेस प्रदेशमा निर्माण भएको नयाँ राजनीतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्टाचारलगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज नेपाल कम्युनिष्ट पार्टी, जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी , लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी दलको सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ, सहमति पत्रमा भनिएको छ।