सूचना प्रविधि

पत्रकारिता बिभागको ऐतिहासिक अन्तरकृया कार्यक्रम सम्पन्नः त्रिविलाई अन्तराष्ट्रिय स्तरको अनुसंधान केन्द्र बनाउन लागि पर्ने प्रतिबद्धता

१८ जेठ, काठमाडौं । त्रिभूवन बिश्वबिद्यालय पत्रकारिता तथा आम संचार विभागले आज एक अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । सभ्य र भब्य रुपमा आयोजीत कार्यक्रम त्रिभूवन विश्वबिद्यालयको रेकर्डमा राखिने बिश्वबिद्यालयले जनाएको छ । त्रिभूवन विश्वबिद्यालयको पत्रकारिता बिभागले गरेको आजको अन्तरकृया कार्यक्रममा पहिलो, तेस्रो र चौथोमात्र नभएर एमफिल अध्ययनरत बिद्यार्थि र शिक्षकहरुबीचको अन्तरकृया भएकोले ज्यादै महत्वपूर्ण र विभागको अहिलेसम्मकै पहिलो महत्वपूर्ण कार्यक्रम भएको बिभागीय प्रमुख प्राध्यापक प्रवलराज पोख्रेलले बताए । कार्यक्रमका सभापति समेत रहेका उनले ३५ बर्षको हाराहारीमा उक्त विभागमा प्राध्यापन पेशामा लागेपनि आजको कार्यक्रम हरेक हिसावले अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरेका थिए । उनले सबै लेक्चर, विद्यार्थि वक्ताहरु लगायतलाई धन्यवाद दिँदै निकट भविश्यमा सल्लाह गरेर यस्ता कार्यक्रमको निरन्तरता दिने उद्घोषसमेत गरेका थिए ।
आज बल्खुस्थीत त्रिभूवन क्यामेरा भवनमा भएको अन्तरकृया कार्यक्रममा एसोसिएट प्रोफेसर डा कुन्दन अर्याल, डा देवराज अर्याल, शशी मराशिनी, घमराज लुईटेलले ‘२१ औं शताब्दीमा मिडियाको व्यावशायीकतामा चुनौती’ बिषयक अन्तरकृयामा आ–आफ्ना धारणाहरु राखे ।

कार्यक्रममा एसनेसिएट प्राध्यापक डा कुन्दन अर्यालले संयुक्त राष्ट्र संघले १९४८ मा बिश्वब्यापी मानव अधिकार घोषणा पत्रमा मानव अधिकारको बिषयमा बिश्वब्यापी बनाउने प्रयास गरेपनि यसको अभिलेखिकरण हुन थालेको महत्व अझै बढेको धेरै नभएको बताए । उनले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवअधिकार शिक्षालाई पत्रकारितासंग जोडेर प्रकाश पारेका थिए । प्रधानमन्त्रीका सल्लाहकार, नेपाल टेलिभिजनको अध्यक्षसमेत बनिसकेका डा अर्याल इन्सेकका अध्यक्ष, टंक प्रसाद आचार्य प्रतिष्ठानका महासचिवलगायत धेरै संघसंस्थाहरुमा आबद्ध छन् ।

कार्बन उत्सर्जनले हिमाली क्षेत्र गम्भीर अवस्थामा परेका कारण हिमालदेखी समुन्द्र सतहका क्षेत्र सम्म जनजिवनमा गम्भीर समस्यामा परेको छ । गंगा, ब्रम्हपुत्र, सिंधु, इरावति, यांदीलगायत १० वटा नदीहरु विश्वका ठूला रहेका र उक्त नदीहरु जिवनसंग जोडिएका कारणले जिवन निर्वाहको संकट आउनसक्ने भन्दै उक्त समस्या समाधान गर्न विकास पत्रकारिताको अवधारणा अनुसार जलबायु परिवर्तनलाई एजेण्डा नै बनाएर अगाडी बढ्नुपर्ने डा देवराज अर्यालले बताए, यसमा पत्रकारिता अध्ययनरत विद्यार्थिहरुको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारे । सार्थ कार्वन उत्सर्जन गर्ने ठूला देशहरुले प्रतिबद्धता गरेको वित्तिय दायीत्व पुरा नगरेकोमा मिडियाले खबरदारि गर्नुपर्ने औचित्य औंल्याए ।
यसैगरि अधिवक्तासमेत रहेका लेक्चर वक्ता वक्ता शसिनाथ मरासिनीले पत्रकारितामा कानूनी र नैतिक गरी दुईवटा कुराहरु महत्वपूर्ण हुने भन्दै स्वतन्ध र निष्पक्ष पत्रकारिताका लागि अहिलेका चुनौतीहरुलाई सामना गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए । यसैगरी अकौ लेक्चर वक्ता घमराज लुईँटेलले रेडियो, टिभि र सामाजिक सञ्जालको २०२१ औं शताब्दीको चुनौतीको रुपमा बोल्दै मिडिया कन्भरजेन्सका तीनवटा प्रकार भएको बताउँदै टेक्नोलोजिक, इकोनोमिक र कल्चरल रहेको स्पष्ट पारे । उनले १९९५ को मार्क पोष्टरको द सेकेण्ड मिडिया एज को न्यू मिडिया थेउरीदेखी डिजिटल प्लेटफर्म, ओटीटी, डिटिएज, नेट टिभलगायतको बारेमा स्पष्ट पारेका थिए । उनले व्यावशायीकतामा भएको चुनौतीलगायतमा वक्ता तथा दर्शकहरुलाई मन्त्रधमुग्ध हुनेगरी तयार पारिएको अन्तरकृया कार्यक्रमको कुरालाई प्रश्तुती गरेका थिए । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल प्रेश काउन्सीलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले अन्तरकृयाको बिषयबस्तुमा आफ्ना मन्तव्य दिएका थिए । कार्यक्रममा सहभागीहरुले राखेको प्रश्नको चित्तबुझ्नेगरी वक्ताहरुले जवाफ दिएका थिए ।

विद्यार्थिहरुको तर्फबाट वक्ताको रुपमा रहेका चौथो सेमेस्टरका बिद्यार्थि वक्ता केशवराज पौडेलले सरकारी मिडियामा पत्रकारहरुको चुनौतीको व्याख्या गर्दा समाचार छाप्दा प्राईभेटले मालिकको सेवा गरेको देखिने तथा सरकारी मिडियाले ओरिजिनल रुपमा जनता र देशको सेवा गर्ने बताएका थिए । यसैगरी तेस्रो सेमेस्टरका वक्ता विद्यार्थी विद्यार्थी रवि कुमार बरुवालले जातीय बिभेद, समुदाय, लैंगिक सहभागीतालगायतका विषयमा प्रस्ट पारेका थिए भने तेस्रो सेमेस्टरका विद्यार्थि सरोज थापाले पत्रकारिता गर्दा स्थान, समय र कन्टेन्टमा ध्यान दिनुपर्ने भएपनि त्यसमा ध्यान नदिएर चुनौती थपीएको बताएका थिए। यसैगरी पहिलो सेमेस्टरका वक्ता विद्यार्थी धनवल राईले पत्रकारिता तथा आमसंचारमा अल्मुनाईको आवश्यक्तालगायतका बिषयमा प्रकाश पारेका थिए । यसैगरि पहिलो सेमेस्टरकी वक्ता बिद्यार्थि रन्जु अधिकारिले पत्रकारितामा महिलाहरुलाई हुने समस्याको विषयमा प्रकाश पारेकी थिईन् । शान्तराम बिडारीले कार्यक्रममा समग्र टिपोट गर्दै अन्तरकृया कार्यक्रम ज्यादै महत्वपूर्ण भएको भनाईसहित कार्यक्रमको सारसंक्षेप प्रस्तुत गरेका थिए ।

विभागले व्यवस्थापन गरेको महत्वपूर्ण अन्तरकृया कार्यक्रमको संचालन तेस्रो सेमेस्टरका विद्यार्थि भिम लामाले गरेका थिए भने बिद्यार्थिहरुका तर्फबाट लेदन राईले व्यवस्थापन गरेका थिए । कार्यक्रमको मोडेरटरको भूमिकामा तेस्रो सेमेस्टरका बिद्यार्थि बाबुराम आचार्य रहेका थिए । उनले डेढ घण्टाको कार्यक्रम संचालनसमयमा नै संघालन गर्दै आगामी त्रिभूवन विश्वबिद्यालय पत्रकारिता बिभागसँग समन्वय गरि छिट्टैने धेरैभन्दा धेरै बिद्यार्थी र वक्ताहरु सहभागी गराई एकदिनको पुरै समयको अन्तरकृया राखिने र अहिले बोल्न समय नपुग्नुभएकालाई त्यसवेला नै अवशर दिने बताए । उनले कार्यक्रममा स्वयम्सेवकको रुपमा भएपनि मोडेरेटरको रुपमा जिम्मेवारी दिएकोमा विभागलाई धन्यवाद दिँदै विभागलाई अन्तर्राष्ट्रिय स्तरको अनुसंधान केन्द्र बनाउने कार्यमा आफुहरुको सधैं सहयोग रहने विचारसमेत ब्यक्त गरे । कार्यक्रममा सबैले माइन्युटसमेत गरी त्रिभूवन विश्वबिद्यालय पत्रकारिता तथा आम संचार केन्द्रीय विभागलाई अन्तर्राष्ट्रिय स्तरको अनुसंधान केन्द्रको रुपमा विकास गर्न सबै लागि पर्नेमा प्रतिबद्धता ब्यक्त गरेका छन् ।