अन्तर्राष्ट्रिय

अमेरिकी पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्प ३४ वटा कसुरमा दोषी ठहर

१८ जेठ, काठमाडौँ । अमेरिकी पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्प व्यसायिक अभिलेखहरुमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन् ।

अदालतले ट्रम्पलाई जुलाई ११ मा उनी बिरुद्ध सजाय सुनाउने छ । ट्रम्पलाई जेल सजाय हुन पनि सक्ने सम्भावना रहेको छ । कानुनविद्हरुले उनलाई जरिवाना हुने सम्भावना बढी रहको बताएका छन् । ट्रम्प बिरुद्ध परेको केहि मुद्धाहरुको सुनुवाई हुन बाँकी नै छ ।