१८ जेठ, काठमाडौँ । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको पुर्वध्यक्ष पक्राउ परेका छन् । करिब दुई अर्ब बचत अपचलन गरेको उजुरीको आधारमा काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनको नेपाल भारत सीमा नजिककाबाट पक्राउ गरेको हो ।
सहकारीको बचत अपचलनसम्बन्धी जाहेरी नयाँ बानेश्वर प्रहरी बृत्तमा परेको थियो । उनले विभिन्न सहकारीबाट करिब ८ अर्ब बचत अपचलन गरेको बाहिर आइरहेको छ । तर अहिले करिब दुई अर्बको अपचलनसम्बन्धी जाहेरी आएकाले उनलाई पक्राउ गरिएको छ ।