१९ जेठ, काठमाडौं । मधेशमा पानी अभावको विषय उठाएर आइतबार मधेशका बासिन्दाले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् ।
चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वतर्फ गइरहेका सर्वसाधारणलाई प्रहरीले नयाँ बानेश्वर चोक नजिकै रोकेको हो ।
प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् ।