राजनीति

गृहमन्त्रीको सहकारी ठगीको स्पष्ट जवाफ नदिए प्रधानमन्त्रीसँग संसदमा नै काँग्रेसले हिसाब लिन्छः गगन थापा

२० जेठ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवम् साँसद गगन कुमार थापाले सहकारीका बचतकर्ताहरुले बचत फिर्ता नपाएको बताएका छन् । उनले नखाएको हो भने बिष लाग्नुहुँदैन भन्दै सहकारीको अरबौं रुपैयाा ठग्ने १६–१७ जनाको ज्ञ्याङ्ग रहेको बताउँदै प्रहरी महानिरिक्षकदेखी, सभामुखसम्मलाई संसदीय छानविन समितिले बोलाउने भन्दै उपप्धान तथा गृहमन्त्रीले बाहिर अन्तर्राष्ट्रिय समिति बनाउन मानिएपनि बन्द कोठामा नमानिएको बताए ।
कुौबेलामा नेपाली काँग्रेसका साथीहरु लखेटिने, मारिने समस्याका कारण देश छाडेर जानेसमेत अवस्था आएको दृष्टान्त सबैलाई जानकारी भएको बताउँदै गृहमन्त्री बोल्ने बोल्ने भन्ने कुरा आईरहेको बताउँदै क्रिकेटमा हुने चौका–छक्का को उदाहरण दिए । उनले बाख्रा, रातो पासपोर्ट, कैलाली भन्ने कुरा गरेपनि पछि गएर लेख्ने कलम भाच्ने गरेको बताए । उनले संसदमा सूचना बेच्ने मान्छे छ भन्ने कुरा गर्दा सल्लाहकारले सदनमा भएको कुराको जिम्मेवारी लिनुपर्ने बताए । उनले सूचना बेच्नु देसद्रोह भएको आरोप लगाउँदै त्यस प्रकारको आरोप पुष्टी गरेमा सूचना बेच्ने मान्छेलाई देशद्रोह गर्नेलाई देशद्रोहको मुद्धा लगाउनुपर्ने बताए ।
आफु अख्तियारलगायतका शक्तीसंग लडेर आएको बताउँदै सदनको गरिमाअनुसार आफु अगाडी बढ्ने तर सदनलाई टेलिभिजन प्रस्तोताको जसरी चटक देखाउने ठाउँ नभएको बताए । उनले प्रधानमन्त्रीसँग सभामुखको अगाडी नै हिसावकिताव लिने माहामन्त्री थापाले चेतावनी दिए । आजको साँसद बैठकमा आफ्नो व्यक्तीगत कुरा केही नभएको भन्दै गृहमन्त्री लामिछानेको कडा रुपमा विरोध गरेका छन् ।