समाचार

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सर्वोच्चले माग्यो कारण देखाउ आदेश जारी 

२० जेठ, काठमाडौँ । सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासल‍े आइतबार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो। आइतबार निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए।

रिटलाई अग्राधिकार दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि जेठ २८ गते बोलाएको छ।