अन्तर्राष्ट्रिय

भारतको लोकसभा निर्बाचनको अन्तिम मतगणना परिणाम

२२ जेठ, नयाँ दिल्ली। भारतमा भईरहेको लोकसभा चुनामको मतगणनामा काँग्रेस आईका अध्यक्ष राहुल गान्धी दुवै स्थानबाट विजयी हाँशिल गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विजयी हाँशिल गरिसकेका छन् ।
जम्मा ५४३ स्थानमा भएको लोकसभा निर्बाचनको मतगणनामा काँग्रेस आई नेतृत्वको गठबन्धन र भारतीय जनता पार्टीको गठबन्धनमा भारतीय जनता पार्टीको गठबन्धनले २९५ सीटमा विजयी हाँसिल गरेर बहुमत हांसिल गरिसकेको छ भने काँग्रेस आई नेतृत्वको गठबन्धनले २३१ सीटमा विजयी हासिल गरिसकेको छ । भारतमा बहुमत प्राप्त गरी सरकार निर्माण गर्नका लागि २७२ सीटको जरुरी पर्ने भएपनि भाजपा गठबन्धनले २९५ सीटमा विजय बांसिल गरिसकेकाले सरकार बनाउने निश्चित देखिएको छ । अन्य पार्टीहरुले १७ स्थानमा विजय हाँसिल गरिसकेका छन् ।
भारतीय जनता पार्टीले यसपटक स्पष्ट बहुमत ल्याउने सम्भावना नरहेको मिडियाहरुले आंकलन गरेपनि उक्त गठबन्धनले २७२ आवश्यक पर्नेमा २९५ सीटमा विजय हांशिल गर्न सफल भयो । काँग्रेस आई गठबन्धन अघिल्लो भन्दा निकै नै वलियो भए पनि सरकार निर्माणमा सफल हुन सक्ने अवस्था देखिएन। राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलको वायानड क्षेत्रबाट उम्मेदवारी दिएर उक्त स्थानमा अत्याधिक मतान्तरले प्रमुख प्रतिद्वन्दीसँग विजय हाँसिल गरेका छन् । भारतमा भएको मतगणनाको परिणमको अन्तिम नतिजाले नरेन्द्र मोदीलाई नैतिक रुपमासमेत राहत मिलेको अवस्था छ ।