सामाजिक सञ्जाल

देउवाले दिए तेस्रो कालका लागि मोदीलाई बधाई, राजनीतिक उथल पुथल हुन सक्ने पनि सम्भावना प्रवल

२३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गठबन्धनबाट २९५ स्थानमा लोकसभा चुनावमा विजयी भई पुनः प्रधानमन्त्री भई देश र जनताको सेवा गर्ने मौका पाएको भन्दै बधाई दिएका छन् ।
सभापति देउवाले ट्वीट गर्दै भारतीय प्रधानमन्त्रीसमेत रहेका नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री सुरक्षीत गरेको भन्दै अग्रीम रुपमा बधाई दिएका हुन् । काँग्रेस आईका अध्यक्ष राहुल गाान्धीको काँग्रेस आई नेतृत्वको गठबन्धनले २३१ सीट सुरक्षीत गरेको छ भने स्वतन्त्र तर्फबाट १७ सीट ल्याएका छन् ।
भारतीय जनता पार्टीलेमात्र जम्मा २४० साीट जितेको अवस्था छ मोदीलाई नै समर्थन गरेमा गठबन्धनबाट उनी प्रधानमन्त्री बन्नेछन् तर मोदीका सहयात्री दलहरुसँग कुराकानी अगाडी बढाईरहेको काँग्रेस आईले राजनीतिक रुपमा मत यताउती गर्न सके उथलपुथल हुने सम्भावना पनि नभएको भने होईन ।