२३ जेठ, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरू भएको छ। संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक सुरू भएको हो। बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी छन्।
एमाले सांसद सूर्यबहादुर थापालाई समितिको संयोजकको ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ। समितिमा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट संयोजक थापासहित सरिता भुसाल,राप्रपाका ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रका लेखनाथ दाहाल र रास्वपाका शिशिर खनाल सदस्य छन्।
विपक्षी कांग्रेसले सहकारी अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आएको थियो। कार्यदेश बनाउन गठन भएको कार्यदलमा सहमतिपछि संसद्बाट समिति गठन गरिएको थियो।
कार्यदलले २९ वटा सहकारीलाई समस्याग्रस्त तोकिएको छ। समितिको कार्यावधि पनि ३ महिना तोकिएको छ।