राजनीति

तीन दिनभित्र पुरा छात्रबृति नदिने विद्यालयको स्वीकृति रद्द गर्ने काठमाडौँका मेयर चेतावनी

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले ३ दिन भित्र विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने चेतावनी दिएका छन् ।
उनले हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित बर्गका बिद्यार्थहरुलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ भन्ने दाबी गरेका छन् ।

उनले आज स्टाटस् लेख्दै भनेका छन्ः
एउटा कानुन कार्यान्वयनले यो बर्ष १९ हजार भन्दा धेरै विद्यार्थीले क्अजयबिचकजष्उ पाएको छ ।
गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो।यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ जस अनुसार १ लाख ४९ हजार ९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृति पाएका छन्। हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित बर्गका बिद्यार्थहरुलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हामि अनुगमन गर्नेछौ, फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ। हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्बजनिक सुचना प्रकाशन गरेका छौ। ३ दिन भित्र विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ । विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी गत वर्ष १३ हजार र यस बर्ष करिब १९ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।