पर्यटन/संस्कृति

प्रधानमन्त्रीले प्रतिवद्धता गरीसकेकाले पर्यटन क्षेत्रको अनावस्यक भ्याट र कर हटाईने छः पर्यटन मन्त्री तामाङ

२५ जेठ, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र संवोधन हुने बताएका छन् ।

आज नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को ५७ औँ बार्षिक साधारण सभालाई संबोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम बिदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पुर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाईएको बताए ।

उनले आन्तरीक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउने सोचेको र काठमाण्डौँ उपयत्यकासँग जोडिएको महाभारतको श्रृखलामा सरकारको तर्फबाट सरकारले पुर्वाधार तयार पार्ने र सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाईएको बताए ।

“हाम्रो हवाई तथा भु यातायात सहज छैन पर्यटकहरुका लागि , त्यसैले यो पुर्वाधार सुधार गर्ने तिर सरकारले सोचिरहेको छ । साथै , जनकपुर, पशुपति, लुम्विनी जस्ता स्थलहरुलाई भारत, चीन जस्ता ठूलो जनसंख्या भएका पर्यटकलाई भित्र्याउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाई लम्ब्याउने हिशाबले पनि सोच्नु पर्छ । ” मन्त्री तामाङले भने ।

उनले अन्य देशमा जसरी पर्यटकहरुको आगमन छ त्यसरी हाम्रो देशमा आगमन हुन सकेको छैन , यसको समिक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपज सहित प्रवद्र्धनमा जुट्नु पर्नेमा जोड दिए ।

विगतमा विभिन्न कमी भएको र गर्न पर्ने जति यो क्षेत्रमा काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगत रुपमा सुधार गर्ने, पूर्वाधार सुधार गर्ने , नयाँ गन्तव्यको खोजी गर्दै आगामी बर्षहरुमा बाटो तयार गर्न सबै पक्ष लागि पर्नु पर्नेमा जोड दिए ।