२६ जेठ, काठमाडौँ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेसँग एकताको कुनै सम्भावना नदेखिएको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा एकीकृत समाजवादी कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि १ अहिले के देखिएको छ भने सँगै जाऔं भन्ने प्रस्ताव लिएर अहिले मोर्चा बनाउर अघि जाऔं भन्ने प्रस्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ,’ उनले भने।