प्रदेश 1

गाई-बाख्रा पालक कृषक नेता कार्कीको दाबीः २०८४ सालको निर्बाचनमा सुनसरी–४ बाट साँसद बन्ने निश्चित

२६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता डिल्ली कार्कीले अब सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा साासदको २०८४ सालको आफू निर्विकल्प उम्मेद्वार भएको बताएका छन् ।
आज काठमाडौंको नयाँबानेश्वरस्थीत सुर्यखबर डट् कमको केन्द्रीय कार्यालयमा सुर्यखबर प्रतिनिधिसंग बोल्दै २०४७ सालदेखी नै सुनसरी क्षेत्र नम्बर ४ का नेपाली जनताको प्रगती हुन नसकेको भन्दै आफु साँसद भएपछिमात्र उक्त क्षेत्रका हरेक क्षेत्रबाट पीडामा परेका जनताको समग्र विकास हुने दाबी गरेका छन् ।
नेपाली काँग्रेसबाट दुईपटक सुनसरी क्षेत्र नम्बर ४ मा साँसदमा विजय गराउन नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई विजय गराउन लागि परेको भएपनि साँसद कार्कीले पटक पटक मन्त्री बनेपनि उक्त क्षेत्र नम्बर ४ का जनतालाई कुनैपनि राहत दिन नसकेकोमा आफु नेपाली काँग्रेसको उक्त क्षेत्रको जिम्मेवार नेता भएकाले दुःख लागेको बताए ।
नेपाली जनताको हरेक दुःखमा मल्हम लगाउन जिवनभर लागि लागि पर्दा १५ वटा संस्थाको संस्थापक अध्यक्ष भई काम गर्ने मौका पाएको र अग्रज नेताहरुलाई टिक छाड्दा छाड्दै ५९ बर्ष पुगेको थाहै नपाएको भन्दै अब कुनै पनि हालतमा नेपाली काँग्रेसबाट सुनसरी ४ को प्रतिनिधि सभा टिकट नछाड्ने बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतका शीर्ष नेताहरुसँग यस बिषयमा कुरा भईसकेको र सबै नेताहरु सकारात्मक रहनुभएको उनले बताएका छन् । आफुले टिकट पाए लड्ने भन्दा पनि आफ्नो उक्त क्षेत्रको उम्मेद्वारीका लागि अन्य विकलप नभएको नेता कार्कीको दाबी छ ।
पुर्व महाधिवेशन प्रतिनिधिसमेत रहेका नेता कार्की रामधुनी नगरपालीकामा १५० वटा गाई र २०० बाख्रा पालेर कृषि कार्य गरिरहेका छन् । मन्दीरको सेवामा लागेर नथाक्ने उनले ३ वटा एम्बुलेन्स, १० कठ्ठा जग्गा दान दिएको बताउँछन् । कार्कीको नाम गत २०७९ सालको निर्बाचनमा समानुपातिकमा सिफारिस हुँदै लिष्टमा समेत परेको थियो । उनले गुटगत राजनीतिभन्दा माथी उठेर रोजगारीका लागि, विकासका लागि आफु लाग्ने र उक्त क्षेत्रमा आफुसँग तुलना हुने नेताहरु नभएको दाबी गरेका छन् । स्व. गिरिजा प्रसाद कोईरालाको क्षेत्रबाट काँग्रेसको राजनीति गर्ने कार्कीले अब आफुले राजनीति गर्नुभनेको नेपाली जनतालाई न्याय दिनु हो त्यसका लागि साासद लडेर विजय हुन आफ्नो बाध्यता हुने बताए ।