समाचार

मोरङमा विद्यार्थीहरुले जलाए सरकारी गाडी

२७ जेठ, मोरङ । मोरङको विराटनगरमा विद्यार्थीहरुले सरकारी गाडीमा आगजनी गरेका छन् ।

रंगेलीमा छ जना विद्यार्थी प्रक्राउ गरेको विरोधमा गत शुक्रबारदेखि प्रदर्शमा उत्रिएका विद्यार्थीहरुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडीमा जलाएका हन् । आक्रोशित विद्यार्थीहरुको भिडले नेपाल विद्युत प्राधिकरणलगायत अन्य पाँच वटा सरकारी गाडीमा पनि ढुङ्गामुडा र तोडफोड गरेका छन् ।

निजी विद्यालहरुले कानुनविपरीत चर्को शुल्क असुल गरेको भनी केही समयअघि विद्यार्थीहरुको एक समूहले रंगेली नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापन पत्रका सन्दर्भमा कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले गत विहीबार कार्यवहाक मेयर, प्रमुख कार्यकारी अधिकृत र नगरप्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए ।