२७ जेठ, काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको (Extension Counter) शुभारम्भ गरेको छ ।
बैंकले २०८१ साल जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष श्री जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरे ।
यसैगरि, बैंकले २०८१ साल जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टर ९भ्हतभलकष्यल ऋयगलतभच) को शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन वडा नम्वर ३ का वडाअध्यक्ष श्री राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितीमा गरेका छन् ।
सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत श्री संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
नयाँ २ एक्सटेन्सन काउन्टर (Extension Counter) सहित बकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर (Extension Counter) संख्या ५ पुगेको छ ।