अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल सुरु, राष्ट्रपतिले गराइन् शपथ

२७ जेठ, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ ग्रहण गरेका छन्। भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ नवनियुक्त प्रधानमन्त्री मोदीलाई शपथ ग्रहण गराएकी हुन्।
उनले प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सम्हालेका छन्। प्रधानमन्त्री मोदीको शपथ ग्रहण लगत्तै ६९ जना मन्त्रीहरुले पनि शपथ लिएका छन्।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल आज दिउँसो नयाँ दिल्ली गएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी, उनकी छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन्।