समाचार

६ हजार भाडा तिर्न नै मुश्किल हुँदा सीताले कान सुन्ने हुन ३० लाख कहाँबाट खोज्ने ? सहयोगका लागि गरिन् अपील

२७ जेठ, सुनसरी । सीता अधिकारी खतिवडाको दुईवटै कान नसुन्ने हुनुभएको छ । महेश खतिवडाको श्रीमती रहनुभएकी सीता भोजपुरमा जन्मिनुभएको थियो । माइती भोजपुरबाट मोरङको सुन्दर हरैंचा वडा नम्बर २ बस्ने गरेका छन् भने उहाँको विवाह महेश खतिवडासँग २०६९ सालमा रामधुनी नगरपालीका वडा नम्बर ४ सुनसरीमा भएको थियो ।
आर्थिक अवस्था ज्यादै न्यून भएका माईती तथा घर भएपछि एक बर्ष अगाडी दुवै कान नसुन्ने भएपनि उपचार खर्च जुटाउन नसक्दा उहाँलाई दैनिक जिवन यापनमा ज्यादै समस्या परेको छ ।
दुबै कान नसुन्ने भएपछि छँदा खाँदाको सिलाई कटाई गरि जिवन चलाउँदै गरेको पेशासमेत बन्द भएको छ । गाैरिघाट नयाँबस्तीमा एउटा सानो कोठा लिएर एक्लै भाडामा बस्नुहुने उहाँलाई पछिल्लो समय आफ्नो काम नचलेका कारण जिवन धान्न नै समस्या परेको छ । श्रमिानले मजदुरी गरेर ल्याएको पैसाले जेनतेन जीवन चलाईरहनुभएकी उहाँलाई दुवै कान सुन्ने हुनका लागि ३० लाख खर्च लाग्ने डाक्टरको भनेको उहाँको भनाई छ ।
काठमाडौंको गौरीघाटमा ६ हजार भाडा तिरेर बस्नुभएका श्रीमान महेश खतिवडा र श्रीमती सीता अधिकारीको परिवारमा कान सुन्ने भएदेखी स्वर्ग हुने अनुमान त्यतिकै लगाउन सकिन्छ । मान्छेलाई प्रगती जति भएपनि पुग्दैन, तर कुन अवस्थामा भन्दा शिक्षा, स्वास्थ्य सवै ठीक छ भनेमात्र जीवनमा अन्य प्रगतीको कुरा आउँछ, उहाँ(सीता अधिकारी)लाई अहिले कान सुन्ने भईदिएमात्र पुग्छ । विश्व ब्यापारको होडबाजी चलेका बेला आँखा नदेख्ने, कान नसुन्नेहरुलाई लागि कान सुन्ने र आँखा देख्ने बनाउने समाजसेवी र अस्पतालहरु खुलेका छैनन् र यो समाजमा रु भन्ने गम्भीर प्रश्न खडा हुन्छ । १२ कक्षा पढ्नुभएकी सीता अधिकारी अन्य सबै कुरामा खुसी हुनुहुन्छ, आर्थिक अवस्था कमजोर भएपनि तर मुख्य कुरा दुवै कान नसुन्ने भएपछि के गर्नु र त्यस्ता अन्य खुसीहरु ? शिक्षा र स्थास्थ्य निःसुल्क भन्दै जनताबाट भोेट बटुल्ने राजनीतिक दल र त्यसका नेताहरु, समाजसेवा गर्ने भन्ने एनजीओ, आईएनजीओहरु कता गए ?
सीता अधिकारीको ३० लाखको अभावले अब काठमाडौंको टिचिङ अस्पतालले उपचार गरेर कान सुन्ने नबनाउने हो त ? स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री, जिम्मेवार राजनीतिक दलहरु, समाजका अगुवाहरु सीता अधिकारी जस्ता नागरिकको सामान्य मानवीय कार्यमा किन कान ठाडा बनाउँदैनन् ? यसमा सम्बन्धीत सबै ब्यक्ती तथा संस्थाहरुको ध्यान जाओस्, यसै सीता अधिकारीको समस्यालाई मध्य नजर गर्दै देशभर सबै नागरिकको उपचार निःशुल्य होस्, उहाँको उपचारमा सरकार र सबै सरोकारवालाले गम्भीर चासो दिउन् । सीता अधिकारीका श्रीमान पनि कहिले कोठा आउने कहिले नआउने गर्नाले झनै समस्या छ, सम्बन्ध राम्रो भएपनि कमाई दैनिद नहुनाले उहाँहरुलाई समस्या परेको नजिकका ब्यक्तीहरु, छिमेकी र आफन्तजनहरुको भनाई छ । उनका निकट ब्यक्तीहरु सानीमाको छोरी दुर्गा नेपाल भट्टराई (९८४१६५८५०८), श्रीमान महेश खतिवडा (९८२१३७३८७२), सीता अधिकारी खतिवडा (दुवै कान सुन्नुहुन्न एसएम एसमात्र गर्नुहोला ९८४२३६८२४८)लाई कोही सहयोगी हातहरु भए सम्पर्क गर्न सीता अधिकारीले अनुरोध गर्नुभएको छ । एउटा काम बनाउनमात्र १२ लाख लाग्ने र दुईवटा कान बनाउन २४ लाख डाक्टरलाईमात्र तिर्नुपर्ने अस्पतालले बताएकी बताउनुहुने सीता अधिकारीलाई अन्य ६ लाख जति लाग्ने अनुमान उहाँले लगाउनुभएको छ ।
उहाँले सुर्यखबर प्रतिनिधिसँग कार्यालयमा लेखेर सोधेको प्रश्नमा कुरा गर्दै आफुलाई उपचारको जरुरी भएकोले त्यसका लागि सहयोगको जरुरी भएको बताउनुभयो ।

सहयोग गर्न चाहनेले खाना विवरणः
नाम
: सिता अधिकारी
बैंकः प्रभू बैंक लि, बिरानटनगर साखा, मोरङ ।
खाता नम्बरः ००६००३०९१७३०००११