२८ जेठ, काठमाडौँ । सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।
ठगीको मुद्दामा अनुसन्धानका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सञ्चालक समिति सदस्यहरू रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, सुनिलकुमार न्यौपाने, गीता प्रधान, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल छन्।
कर्जा दुरुपयोगको आरोपमा सिआईवीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।