२८ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निलम्बनविरुद्ध दायर भएको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जीवी राई समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०-अ१-०९८७ को मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको हो।
रिटमाथि दुवै पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए।
यसअघि सर्वोच्चले काश्की सूर्यदर्शन सहकारी ठगीबारे गृहमन्त्री लामिछानेविरुद्ध परेको जाहेरीको प्रतिलिपि समेत झिकाएको थियो। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा गत सोमबार रिट दर्ता भएको हो। रिटमा महान्यायाधिवक्ता कार्यालय,महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।