२८ जेठ, काठमाडौँ । एउटा महिलाको चरित्र हत्या गरेको आरोपमा उजुरी परेकीे शोभा पाठकलाई काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थपेर थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
साईबर अपराध कसुरमा परेकी पाठकलाई साईबर ब्युरो टोलीले पुल्चोक बाट पक्राउ गरको थियो । पाठकले यसअघि पनि एमालेका नेता महेश बस्नेतले आफु माथि बलत्कार गरेको भन्दै हुलाक मार्फत जाहेरी दार्ता गराएकी थिईन् । जाहेरी अनुसार प्रमाण नभएको भन्दै उक्त उजुरी तामेलीमा राखिएको थियो ।