मनोरञ्जन

वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

२८ जेठ, काठमाडौँ । वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमाबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेव सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्यजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ ।

यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । यो सिरिज नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको हो । अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफुले तीन वर्षभन्दखा बढि समय दिएको बताउँछिन् ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजमा तीन सय ५० बढि कलाकारले काम गरेको निर्माण टिमले जानकारी दिएको छ । त्यसका साथै हरेक एपिसोड १ घण्टा लामो रहेको बताए । नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनिले जानकारी दिएको छ ।

यो वेब सिरिजलाई नेपाल तथा भारतमा समेत चर्चित सुजय योङले निर्देशन गरेका हुन् । यो उनको नेपाली डेव्यु सिरिज समेत हो । यो सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । उनले लकडाउनको बेला यो सिरिजको स्कृप्ट तयार पारेका थिए । ‘नेपालमा आफ्नो पहिलो प्रयास भएकाले यो सिरिजलाई दर्शकले मन पराउने विश्वास उनको छ । यो एकदमै भिन्न कथा होइन् तर भिन्न तरीकाले देखाउने प्रयास गरेका छौं’, निर्देशक योङले भने ।

साहु बाले प्रेम, विश्वासघात प्रतिसोधको कथा उठाएको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।