२८ जेठ, काठमाडौँ । पुष्पकमल दाहालले राजदूत फिर्ता बोलाउने निर्णय दुई दिन रोक्न सकिने बताएका छन्। भारत भ्रमणअघि सरकारले भारत, अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।
भारत भ्रमणमा जानुअघि राजदूत फिर्ता बोलाएपछि प्रधानमन्त्री दाहालको चर्को आलोचना भएको थियो। प्रधानमन्त्री दाहालले आफूहरू त्यसमा चुकेको स्पष्टीकरण दिएका छन्।
‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो’ उनले भने ।