समाचार

गण्डकीमा देवकोटा र मनाङेले लिए मन्त्रीको शपथ

२९ जेठ, काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । मंगलबार बिहान मन्त्री नियुक्त भएका फणिन्द्र देवकोटा र दिपक मनाङेले मन्त्रीको शपथ लिएका हुन् ।
देवकोटाले उर्जा र मनाङेले भौतिक पूर्वाधारको पथ लिएका हुन् । मनाङे यसअघि पनि सोही पदमा थिए । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
देवकोटाले माओवादीको ह्वीप नटेरी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।