समाचार

बागमतीका नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२९ जेठ, काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख हाल निलम्बित भरत कुमार थापालगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगरप्रमुख थापासहित नगर उपप्रमुख लीला कुमारी मुक्तान,तत्कालीन प्रशासकीय अधिकृत विमल कुमार पोखरेल,योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल,तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी पनि सो मुद्दामा मुछिएका छन्।

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ । उनीहरूविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो बमोजिम जरिवाना माग गरिएको छ।