२९ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ सत्रमा हुने सामाजिक न्यायका लागि बिश्वब्यापी गठनबन्ध को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा गएका पुगेका हुन् ।
जेनेभा बाटै पौडेल असार १ मा राष्ट्रपति पौडेल बर्लिन जाँदैछन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।