सामाजिक सञ्जाल

शिक्षा मन्त्री सुमना लगायतका उच्च अधिकारीको बिदेशी नागरिकता छानविन गर्नेअख्तियारको कदम स्वागतयोग्यः भीम रावल

२९ जेठ, काठमाडौं । पुर्वगृहमन्त्री भीम रावलले अख्तियारको कुरा स्वागतयोग्य भएको बताएका छन् ।
उनले ट्वीट गर्दै दुई देशको नागरिकता र राहदानी भएका गृह मन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसंग विवाह गर्ने शिक्षा मन्त्री लगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबीन हुनुपर्ने बिषयलाई स्वागतयोग्य कदम भएको बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगले शिक्षा मन्त्री लगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल बस्नेहरुको बिषयमा बिबाद आएपछि छानबिन गर्ने कुरा उठाएपछि नेता रावलको प्रतिकृया आएको हो ।
उनको ट्वीटः

दुई देशको नागरिकता र राहदानी भएका गृह मन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसंग विवाह गर्ने शिक्षा मन्त्री लगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबीन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ।