समाचार

बजेटबारे प्रधानमन्त्री र अर्थमन्त्रीको भनाइ र गराई मिलेन : सांसद घर्ती

३० जेठ, काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले ५ लाख भन्दा कम रकम विनियोजन गर्नु गलत भएको बताएका छन् । संघ सरकारको सहरी विकास मन्त्रालयले पाँच लाखभन्दा कम बजेटका योजना विनियोजन गरेकोमा आपत्ति जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय सरकारले ५ करोड भन्दा कम बजेट विनियोजन नगर्ने प्रतिबद्धता जनाएपछि त्यस विपरीत बजेट आएको भन्दै सांसद घर्तीले आपत्ति जनाए ।
‘सहरी विकास मन्त्रालयको बजेटमा ५ लाख बराबरको योजनाहरू १ सय ७७ वटा रहेछन् । जबकी हामीले ५ लाखभन्दा कम रकमका योजना समावेश नगर्ने भनेका थियौं । तर ५ लाख बराबरको १ सय ७७ वटा योजना छन्, ३ लाखका २४ वटा योजनाहरू छन् र, १ लाखका ९१ वटा योजनाहरू देखिएका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीको भनाई र गराई मिलेन कि भन्ने मलाई लागिराखेको छ । यो ५ लाख, ३ लाख, २ लाखका योजना तयार गर्दाखेरी मिलेन भन्ने मलाई लाग्छ’ उनले भने ।