३१ जेठ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल ललितपुरको जिल्ला अधिवेशन तथा प्रथम भेलाको अन्तिम तयारी सम्पन्न भएको छ ।
जेठ ३२ गते दिउँसो ३ बजे ललितपुरको इमाडोलस्थीत आँगन पार्टी प्यालेशमा ललितपुरका ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, वागमती गाउँपालिका, माहाङ्काल गाउँपालिका स्थानीय तहमा रहेका कोण्डिन्य गोत्रीय आचार्यहरुको उक्त भेलामा उपस्थिति रहने ललितपृुर जिल्ला सभापति गणेश आचार्यले जानकारी दिए ।
भेलाको उद्घाटन कार्यक्रमका प्रमुख अथिति रहेका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले गर्ने ललितपुर सभापतिले जानकारी दिए । सभापति आचार्यले सबैलाई सम्पर्क गरि निमन्त्रण गरिएको र उक्त निमन्त्रणा नपुगेमा जानकारी पाएमा सबैलाई उपस्थितिका लागि उपस्थितिका लागि आग्रह गरेका छन् । बाग्मती प्रदेश प्रदेश समिति, १३ वटा जिल्लाका जिल्ला कार्यसमिति सभापति तथा सदस्यहरुलाई निमन्त्रणा गरिएको सभापति गणेश आचार्यले बताए ।
