राजनीति

जनकपुरमा कार्यकर्ता र शुभचिन्तकले डा कोईराला र काँग्रेस प्रति देखाए आकर्षण, भने: ‘शेखर आउ देश बचाउ !’

३२ जेठ, जनकपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाका पक्षमा जनकपुरमा काँग्रेस कार्यकर्ता तथा शुभचिन्तकको भीड लागेको छ । आज बिभिन्न कार्यक्रममा भाग लिन जनकपुर गएका डा कोईराला बिमानस्थलबाट उत्रिएपछि नेता कार्यकर्ता, शुभचिन्तक तथा सर्बसाधारणहरुले शेखर कोईराला जिन्दाबाद, शेखर आउ देश बचाउलगायतका नारा लगाउँदै उनको भब्य रुपमा स्वागत गरेका थिए ।
पछिल्लो समय नेपाली काँग्रेसप्रति जनताको आकर्षण बढेको अवस्था रहेको बताउँदै मोटरसाईकल तथा कारमा डा कोईरालाको स्कर्टिङ गर्दै आम नेता कार्यकता तथा सबैसाधारणले काँग्रेस, कोईराला परिवार र डा शेखर प्रतिको माया देखाएको उक्त स्थानमा सहभागीहरुको तर्क छ ।
१४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजीत रहेका डा कोईराला आउँदो १५ औं महाधिवेशनमा अन्य राजनीतिक उथलपुथल नभए सभापति बन्ने मुख्य नेताका रुपमा नेपाली काँग्रेस बृतमा देखिएको राजनीतिक बिश्लेशकहरुको दाबी गर्न थालेका छन् । आउँदो महाधिवेशनमा शेरबहादुर देउवा पुनः सभापति लड्न नपाउने नेपाली काँग्रेसको बैधानिक ब्यवस्था छ ।